विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनी सदस्यहरूलाई चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको बिहीबार (असोज ६ गते) बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

चुक्ता पूँजीको २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि लाभांस वितरण हुनेछ ।

बैंकले प्रस्ताव गरेको लाभांश गत आर्थिक वर्षको तुलनामा घटेको हो । बैंकले गत वर्ष ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले ऊर्जा, सहरी विकास, यातायात लगायत पूर्वाधार परियोजनामा लगानी गर्दै आएकाे छ । बैंकले स्थापनाको छोटो अवधिमा २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३