विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । रिलायबल भेन्चर क्यापिटलद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता भएको छ । हालै आयोजित एक कार्यक्रममा रिलायबल प्राइभेट इक्वीटी फण्डले पाँचतारे वर्गको अकामा होटलमा लगानी गर्ने सम्झौता भएको हो ।

फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो । जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरूमा लगानी गरी सो सस्थाहरूलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३