विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका विभिन्न स्थानमा पहिचान भएका १५ जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् । निजी तथा सरकारी क्षेत्रले पहिचान गरेका १०१४.९७४ मेगावाटका आयोजनाले आवेदन दिएको हो । 

विभागका अनुसार ३ मेगावाटदेखि ४५४ मेगावाटसम्मका १५ जलविद्युत आयोजानाले आवेदन दिएका छन् । आवेदन दिएका आयोजना मध्ये सबैभन्दा ठुलो ४५४ मेगावाटको किमाथान्का जलविद्युत आयोजाना रहेको छ । यो आयोजनाको  विद्युत उत्पादन कम्पनीले लिमिटडले असार ६ गते निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

नेपाल विद्युत प्राधिकरणले आवेदन दिएको चैनपुर सेती २१० मेगावाटको रहेको छ । यो आयोजनाले निर्माण अनुमतिका लागि २०७९ असार २ गते आवेदन दिएको थियो । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको पनि निर्माण अनुमतिका लागि जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले आवेदन दिएको छ ।

यस्तै, ४८ मेगावाटको चुमजुङ खोला, ३८.१६० मेगावाटको कालिका कालिगण्डकी, ३१.९२ मेगावाटको अप्पर मेवा खोला–ए, ३० मेगावाटको होंगु खोला–१, ३०.४ मेगावाटको अप्पर दुध खोला, २४ मेगावाटको लुजा खोला र २१ मेगावाटको पलुन खोला स्मल जलविद्युत आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएको विभागकाे वेपसाइटमा उल्लेख छ । 

४.१ मेगावाटको पिखुवा पशुपती, ४.८९४ मेगावाटको चोमरोन खोला स्मल, ३ मेगावाटको कालिञ्चोक स्मल, ४.७५० मेगावाटको तल्लो ठुलो खोला र ४.२ मेगावाटको छयाङ्दी खोला जलविद्युत अयोजनाले आवेदन दिएको विभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit