विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले प्रभावित स्थानीयका लागि सेयर आवेदन अवधि थप गरेको छ । कम्पनीले प्रभावितका लागि भदौ १९ गतेदेखि खुल्ला गरेको सेयरमा माग बमोजिमको दरखास्ता नपरेपछि असोज १७ गतेसम्मका लागि आवेदन अवधि थप गरेको हो । 

जारी पुँजी १ अर्ब ९१ करोड २५ लाखमध्येको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रकम बराबरको सय रुपैयाँ अंकित १९ लाख १२ हजार ५ सय कित्ता सेयर प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । प्रभावित  स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । 

प्रभावित स्थानीयले असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले कास्की जिल्लामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३