विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्यफ्रुबेसीमा निर्माण भएको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको निर्माण तथा संरचनात्मक परीक्षण पूरा भएपछि बिहीबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर परीक्षण उत्पादन सुरु गरिएको हो ।

परीक्षणका रूपमा १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क विद्युत् उपलब्ध गराएपछि व्यावसायिक उत्पादन सुरु गरिने प्रवर्द्धक मल्टी इनर्जी डेभलपमेन्ट प्रालि प्रबन्ध निर्देशक का विजयमोहन भट्टराईले बताए । ‘अनेकौँ चुनौतीका बाबजुद निर्माण सुरु गरेको करिब ५ वर्षमा हामीले आयोजनाबाट विद्युत् उत्पादन सुरु गरेका छौँ,’ उनले भने, ‘अब १५ दिनपछि व्यावसायिक विद्युत् उत्पादन सुरु हुने छ ।’

उनका अनुसार २० मेगावाटको आयोजनाबाट हाल (सुख्खायाममा) १२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । करिब ५ अर्ब २० करोड लागतमा निर्माण भएको आयोजनाको विद्युत्‌गृहमै थप १० मेगावाटको उत्पादन युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि पिपिएको मस्यौदा तयार भइसकेको र आवश्यक उपकरण ल्याउन प्रक्रिया समेत सुरु भइसकेको उनको भनाइ छ ।

आयोजनामा कुल लागतको २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी छ । आयोजनामा सनराइज बैंकको अगुवाइमा ३ वटा बैंकले ऋण लगानी रहेको छ ।

लाङटाङ निकुञ्ज क्षेत्रभित्रको दोमने भन्ने स्थानमा बाँध संरचना तथा स्याफ्रुबेसीमा विद्युत्‌गृह रहेको यस आयोजनाको निर्माण २०७८ जेठदेखि आयोजनाको निर्माण सुरु गरेको थियो । सुरुमा २६ महिनाभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनामा बाढी लगायतका अनेक चुनौती थपिँदा निर्माण लम्बिएको थियो ।

आयोजनाको सिभिल संरचना निर्माण, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति तथा जडानको काम वाइबा कन्स्ट्रक्सन कम्पनीले पूरा गरेको हो । पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो तर कोरोना (कोभिड–१९) महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि ठेक्का तोडेर नेपाली कम्पनीलाई नै निर्माणको जिम्मा दिइएको थियो ।

वार्षिक १३३.३ गिगावाट घन्टा विद्युत् उत्पादन हुने आयोजनाबाट सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुने प्रक्षेपण गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ५.२५ किलोमिटर दूरीमा रहेको विद्युत् चिलिमे हब सबस्टेसनमा लगेर जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३