images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । छ्याङदी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आज (मंगलबार) बाट सस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गरेको हो ।

सय रुपैयाँ अंकित ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्कासन गरको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनीका लागि चुक्ता पुँजीको १०ः३ (३० प्रतिशत) सेयर निष्कासन गरिएको हो ।

लगानीकर्ताले आगामी फागुन २ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबधक तोकिएको छ ।

कम्पनीको ६ मेगावाटको २ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । ४ मेगावाटको माथिल्लो छ्याङदीले गत मंसिर २४ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । २ मेगावाटको छ्याङदी खोला सानाले लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit