विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) ले बोलकबोल मार्फत संस्थापक सेयर आवेदन खुल्ला गरेको छ । एचआइडिसीएलले यस अघिपनि बिक्रीमा राखेको तर बिक्री नभएको सेयर पुन बिक्री खुल्ला गरेकाे हाे ।

एचआइडिसीएले ३ करोड ३० लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो । एचआइडिसीएलको सेयर निष्कासन गरी बाडँफाँड गर्न ग्लोबल आईमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

सेयरको न्यूनतम मुल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित बोलकबोल गर्नु  पर्नेछ । बोलकबोल पेश गर्दा न्यनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

यस्तै ५ लाख रुपैयाँ सम्म स्वेच्छि रुपमा र ५ लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा प्यान नम्बर आवेदनमा उल्लेख गर्नुपर्नेछ । बोलपत्र आवेदन फारम ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल काठमाडौं र ग्लोबल आईएमई बैंकका शाखाकार्यलयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिनेछ ।

कम्पनीले यसअघि पनि सेयर २०७८ साउन ५ गतेदेखि भदौ ८ गतेसम्म सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । तर उक्त समयमा संस्थापक सेयर बिक्री भएन । 

त्यसपछि कम्पनीले गत वर्षको माग २० गते (बिहीबार) सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि आवेदन न्यूनतम सिमा उच्च भएका कारण बिक्री नभएको भन्दै पुन बिक्री खुलाउने निर्णय गरेको हो ।

त्यसपछि पुन कम्पनीले फागुन १ गतेदेखि फागुन १५ गते कार्यलय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गर्दै आवेदन खुलायो । तर उक्त सेयरमा पनि प्रयाप्त आवेदन नपरेपछि कम्पनीले (आज) असार ५ गतेबाट संस्थापक सेयर आवेदन खुल्ला गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit