विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । बझाङको कालंगा खोलामा निर्माणाधीन कालंगागाड जलविद्युत आयोजनाको  १५.३३ मेगावाट विद्युत आगामी साउनदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने भएकाे छ । ९८ प्रतिशत निर्माण सम्पन्न भएकाे आयाेजनाकाे विद्युत लक्ष्यभन्दा १ वर्ष ढिलाे गरी प्रणालीमा जाेडिन लागेकाे हाे ।

कालंगा हाइड्रो इनर्जीले निर्माण गरिरहेकाे आयाेजनाकाे सबै संरचनाकाे काम सम्पन्न गरेर साउनदेखि परीक्षण उत्पादन सुरु गर्ने तयारी भइरहेकाे छ । अहिलेसम्म सबै सिभिल संरचनाकाे निर्माण पूरा भएकाे आयाेजना संयाेजक सुनिल रेग्मीले बताए ।

‘बाँध क्षेत्रमा सबै संरचनाकाे काम  सम्पन्न भइसकेकाे छ ’ उनले ऊर्जा खबरसँग भने, ‘ पेनस्टक पाइप  राख्ने काम अब ४५ मिटर जति मात्रै  बाँकी छ । याे काम सम्पन्न गर्न अब एक महिना जति लाग्न सक्छ । ’ उनले  विद्युतगृहको संरचना तयार भइ इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम समेत सम्पन्न भइसकेकाे बताए । 

आयोजनाको बाँकी काम असारभित्र सम्पन्न गरी साउनको पहिलो साताबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत ३७ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ ।

गत वर्ष कोरोना (कोभिड–१९) महामारी राेकथामका लागि गरिएकाे निशेधाज्ञा र लकडाउनकाे असरले उपकरण आयात प्रभावित हुँदा प्रसारण लाइनमा निर्माण प्रभावित हुन पुग्याे । याे वर्ष पनि निशेधाज्ञा लागेकाले पनि प्रसारण लाइनकाे काम प्रभावित भएकाे कम्पनीले जनाएकाे छ ।

निशेधाज्ञा खुकुलाे भई काम सुचारु गर्न सकेमा पछिल्लाे तालिका अनुसार नै विद्युत उत्पादन हुने कम्पनीकाे दाबी छ । यसअघि आयोजनाबाट गत साउनदेखि नै विद्युत उत्पादन गर्ने तालिका थियो । कोरोना महामारीले आयोजनाको निर्माण ठप्प हुँदा विद्युत उत्पादन तालिका प्रभावित भएको हो ।

आयोजना सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ ।

कालंगा बेसिनमा कालंगागाडसहित ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १०.७ मेगावाटको सानीगाड निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३