काठमाडौं । हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले १ करोड कित्ता सेयर हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि छुट्याएको सेयर जेठ २२ गते देखि निष्कासन गर्न लागेको हो ।
१ अर्ब २० करोड रकम बराबरको सय रुपैयाँ अंकित १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्याका लागि १ः०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
सेयरधनीसदस्यले जेठ २२ गतेदेखि असार १० गते सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिाकामा ४.५ मेगावाटको माई खोला साना जलविद्युत आयोजना र माई नगरपालिामा ८ मेगावाटको माई साना क्यासकेड जलविद्युत आयोजन सञ्चालन गरिरहेको छ ।