विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सामाजिक परिवर्तनका लागि नबिल बैंक र परोपकारी अभियान नेपालबीच सम्झौता भएको छ । दिगो बैंकिङ अन्तर्गत बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा चैत २५ र २६ गते काठमाडौंमा सम्पन्न “युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा सञ्चालित कार्यशालामा सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का तर्फबाट कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवद्र्धन गर्न उक्त प्रायोजन हस्ताक्षर गरे ।

युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

उक्त कार्यशालामा बोल्दै बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक बृद्धि तथा दिगो विकासका लक्ष्यहरु हासिल गर्नुपर्ने बताए । ‘बैंकमा दिगो बैंकिङ्ग सम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेका छौ’, उनले भने, ‘नबिल दिगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै आउनुका साथै महिला, किसान र युवाहरूका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ ।

साथै, युवा उद्यमशीलता प्रवद्र्धनका लागि आयोजित यस्तो कार्यशालालाई सहयोग गर्न पाउँदा खुसि लागेको समेत बजगाईले बताए ।
‘बजार कहिल्यै मर्दैन, उद्यमशीलता कहिल्यै मर्दैन’ भन्दै राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेको प्रविणले बताए । नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्धारा सञ्चालित व्यवसाय\उद्यमलाई प्रवद्र्धन गुनपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit