विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नबिल बैंक र दराजबीच “दराज दशैं धमाका“ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरूको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको हाे।

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा २००० रूपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा २५०० रूपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

दराज दशैं धमाका २०७९ का  लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरे । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्ड वाहाक माझ छुट्टै उत्साह थपिने कुरामा आफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताए ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी २३३ शाखाहरु र २६९ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्दै आफ्नोे व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit