काठमाडाैं । ग्लोबल आइएमई बैंकले स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर ७ स्थित साँख स्वास्थ्य चौकीमा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको हो ।
उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको थियो । शिविरमा १५० जना भन्दा बढि महिलाहरु शिविरबाट लाभान्वित भएका छन् ।
बैंकको स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।