विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आयातित तथा परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्न घरेलु तथा साना उद्योगमा नविकरणीय ऊर्जाको प्रयोग बढाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा भएको १६औं अन्तर्राष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा आयोजित ‘उद्यमका लागि नवीकरणीय ऊर्जा’ विषयक अन्तरक्रियामा यस्तो धारणा व्यक्त गरिएकाे हाे ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेकाे ‘उद्यमका लागि नवीकरणीय ऊर्जा’  विषयक अन्तरक्रियामा घरेलु तथा साना उद्योगमा पढी परम्परागत ऊर्जाको प्रयोग भइरहेकोले त्यसलाई अलग्याएर नविकरणीय ऊर्जासँग जोड्नुपर्ने सहभागीहरूले जाेड दिएकाे छन् ।

नविकरणीय ऊर्जाको प्रयोग बढाउँदै घरेलु तथा साना उद्योगमा कम ऊर्जा खपत हुने प्रविधिको उपयोग गर्नुपर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले बताए । 'केन्द्रले राष्ट्रिय प्रसारण प्रणालीको विद्युतको पहुँच नपुगेको स्थानमा नविकरणीय ऊर्जाबाट विद्युतीकरण गर्दै आएकोले छ,' उनले भने ।

ऊर्जामाथिको बढ्दो परनिर्भरता कम गर्न घरेलु तथा साना उद्योगहरू अब नवीकरणीय ऊर्जामा जानुपर्ने एनएमबी बैंक दीगो बैंकिङ विभाग प्रमुख दिनेश दुलालले बताए । ‘अहिले परम्परागत ऊर्जाको उपयोग भइरहेकाले एकै पटक नवीकरणीय ऊर्जामा जान उद्यमीहरूलाई समस्या लागेको हुनसक्छ तर यसको उपयोगले जलवायु परिवर्तनको असर न्युनिकरणमा योगदान पुग्नुका साथै आयातित ऊर्जा प्रतिस्थापन हुनेछ,’ उनले भने ।

बैंकले पनि नवीकरणीय ऊर्जा र घरेलु तथा साना उद्योगहरूमा लगानी गरिरहेको बताउँदै दुलालले परम्परागत ऊर्जा प्रतिस्थापन गरी नवीकरणीय ऊर्जाको उपयोग गरेर उत्पादन लागत घटाई प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताए ।

यसैगरी, सौर्य ऊर्जा प्रविधिबाट खेतबारीमा सिँचाइ गरी कृषि जन्य उद्यमलाई नवीकरणीय ऊर्जामैत्री बनाउन सकिने नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले बताए । देशभरका नगरपालिकाबाट उत्पादन हुने फोहोरबाट ऊर्जा उत्पादन गरी घरेलु तथा साना उद्यममा उपयोग गर्न सकिने विकल्पसमेत छ,' उनले भने ।

महासंघले फागुन २ गतेदेखि गरेकाे महाेत्सव शनिबार (फागुन ६ गते) सम्पन्न भएकाे छ । महाेत्सवमा ऊर्जा उत्पादन र यसकाे परिप्रयाेगका दर्जनाैं विषयमा अन्तरक्रिया तथा बहस भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit