विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कन्टिन्जेन्सी (उत्पादित विद्युत् बेच्ने वैकल्पिक व्यवस्था) प्रावधान लागु गरी नेपाल विद्युत् प्राधिकरणले बिजुली नकिन्दा आशुतोष इनर्जी लिमिटेडले पछिल्लो ३ वर्ष लगातार घाटा बेहोर्नु परेको छ । कम्पनीको आज (असोज २ गते) सम्पन्न ८औँ वार्षिक साधारणसभाका क्रममा उक्त जानकारी दिइएको हो ।

कम्पनीले २०७९ साल असोज १६ गतेदेखि गोरखा जिल्लामा ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । प्रस्तावित कीर्तिपुर–उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन समयमै निर्माण नहुँदा हामीले वैकल्पिक माध्यम (कन्टिन्जेन्सी) बाट बिजुली बेच्नुपर्दा पूर्ण क्षमताको उपयोग हुन नसक्दा घाटा बेहोर्नु परेको कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए ।

‘हामीले तीतो यथार्थ भोग्नु परे पनि चुनौतीबाट भाग्ने होइन, जुध्ने हाम्रो सकल्प छ,’ उनले भने, ‘व्यवस्थापन यो समस्याको स्थायी समाधानका लागि दिनरात लागिरहेको छ, त्यसैको प्रयासस्वरुप मस्र्याङ्दी करिडोरका विभिन्न आयोजनाको अगुवाइमा २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण भइरहेको छ । हालको प्रगति अनुसार चालु आवको चैत्र मसान्तसम्म कीर्तिपुर–उदिपुर, मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण भइसक्ने उनले विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार विगतका तीन आर्थिक वर्षमा निरन्तर नोक्सान बेहोर्नु परेको छ । जस अनुसार आव २०७९/८० को ९ महिनामा ५ करोड १५ लाख ६८ हजार ६७५ रुपैयाँ, आव २०८०/८१ मा ८ करोड १८ लाख ८२ हजार ७५९ रुपैयाँ र आव २०८१/८२ मा ५ करोड ६४ लाख ८ हजार ६१२ रुपैयाँ गरी करिब १९ करोड रुपैयाँ नोक्सानी भएको छ ।

कम्पनीले नोक्सान बेहोर्दै आए पनि सेयरधनीलाई मुनाफा वितरणमा भने कन्जुस्याइँ गरिएको छैन । आव २०८१/८२ को आर्जित मुनाफाबाट चुक्ता पूँजी ४८ करोड रुपैयाँ करसहित १५.७८९ प्रतिशतका दरले ७ करोड ५७ लाख ८९ हजार ४७३ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ ।

उक्त प्रसारण लाइन निर्माणपश्चात् कन्टिन्जेन्सी स्वतः खारेज हुने गरी प्राधिकरणसँग सम्झौता भइसकेको जानकारी दिए । उनका अनुसार आगामी आवदेखि आयोजना बिनाअवरोध पूर्ण क्षमतामा सञ्चालन हुने हुँदा नोक्सानी बेहोर्न नपर्ने पनि उनले विश्वास व्यक्त गरे । कम्पनीले २ मेगावाटको चेपे खोला क्यासकेड आयोजनाको निर्माण पनि अगाडि बढाएको छ । चालू आवभित्रै यसको निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३