काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडले १ बराबरको १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मंसिर १३ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
सेयर निष्कासन प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात कम्पनीको आगामी साधारणसभामा पेश गरिनेछ । सभाले पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड हुनेछ । कम्पनीको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजना सञ्चालनमा छ ।