काठमाडौं । दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयाजना निर्माण गरी सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ४० लाख ३२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूका लागि छुट्याएको सेयर आइतबार (भदौ ३ गते) देखि निष्कासन गर्न लागेको हो ।
चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजारको २ः१ को अनुपातमा हुन आउने सय रुपैयाँ अंकितका दरले ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले निर्माण सम्पन्न गरेको १० मेगावाटका सिप्रिङ खोला जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।