विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनएमबी बैंक लिमिटेडद्वारा माइती नेपालका दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जना दिदीबहिनीको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा उपस्थित दिदीबहिनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

गत वर्ष महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तिकरणका लागि विभिन्न समयमा महिलाहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ ।

माइती नेपालका दिदीबहिनीलाई गरिएको यस कार्यक्रमले उनीहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्जे र समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र माइती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जनाएको छ ।

एनएमबी दि फिनान्सियल टाइम्स, लण्डनको “द ब्यांकर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफ दि इयर एसिया २०२१” उपाधिबाट सम्मानित बैंक हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेकको छ ।

बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit