विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्ले ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणक गर्न एमसिए नेपाललाई राष्ट्रिय वन क्षेत्रको ४३.६६ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार कसेको बैठकले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रमा पर्ने उक्त क्षेत्रफल बराबरको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को ५५ करोड अमेरिकी डलर अनुसादन र नेपाल सरकारको १३ करोड डलर लगानी गरी कुल ६८ करोड डलरको लगानीमा ३ वटा सबस्टेशनसहित ३१५ किलोमिटर प्रसारण लाइन निर्माण र सडक सुधार आयोजना सञ्चालन गर्ने तयारी थियो । एमसीए नेपाल (विकास समिति) ले उक्त परियोजना कार्यान्वयन अघि बढाइरहेको थियो । यद्यपि, अमेरिकी सरकारले एमसिसी अन्तर्गको आर्थिक सहायता कार्यक्रम स्थगित गरेपछि उक्त परियोजनामा गरिने लगानी अन्योलमा परेको हो ।

परियोजनाको लगानी अन्योलमा परेकै अवस्था भए पनि न्यु बुटवल (परासी) देखि तनहुँदैको दमौलीसम्मको खण्डमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुहाेस् : प्रसारण लाइन नबने झन्डै ६ हजार मेगावाटका आयोजनाको विद्युत् प्रवाहमा असर पर्ने

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३