विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३७ औं वार्षिकोत्सवका अवसरमा ४४५ कर्मचारीलाई दिर्घसेवा र उपहार पदकबाट सम्मान गर्ने भएको छ । प्राधिकरणले वार्षिकोत्सवको अवसर पारेर विभिन्न तहमा कार्यरत कर्मचारीलाई दिर्घसेवा र अवकास भएका कर्मचारीलाई उपहार पदबाट सम्मान गर्न लागेको हो ।

१२५ कर्मचारी दिर्घसेवा पदकबाट र ३२० कर्मचारीलाई उपहार पदकबाट सम्मान गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दिर्घसेवाबाट सम्मानित हुनेमा तह १० सह–निर्देशकदेखि तह ४ फोरमेन ड्राइभरसम्मको नाम स्वीकृत भईसकेको छ ।

दिर्घसेवा पाउनेमा १० तह २ जना (सह–निर्देशक र प्रबन्धक) छन् । यस्तै, ९ तहका ३, ८ तहका १४, ७ तहका ३१, ६ तहका ४२, ५ तहका ३२ र ४ तहका एक जनाले पदक पाउने भएका छन् ।

यस्तै, प्राधिकरणको सेवाबाट अनिवार्य तथा स्वेच्छिक अवकास लिएका ३२० कर्मचारीलाई उपहार पदक दिन लागिएको हो । उपहार पदक पाउनेमा ३ उप–कार्यकारी निर्देशकदेखि जुनियर हेल्परसम्म छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit