विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने  तालिम कार्यक्रम सम्पन्न भएको छ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु गरिएको तालिम कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका लागि बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । 

युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधै तत्पर रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्यले बताए ।

बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न बैंक संचालक समितिका अध्यक्ष उपेम्द्र प्रसाद पौडेलले बताए । उनका अनुसार उद्यमशिलता विकास र स्वरोजगार प्रवद्र्धनमा बैंकको सधै साथ रहनेछ ।

कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेरसमेत आएको देख्दा उत्साहित भएको शाक्यले बताए । उनका अनुसार स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको र भेडाबाख्रा पालन त्यहाँका वासिन्दाको मूख्य व्यवसाय हुन सक्छ । दिगो बैंकिङ प्रवद्र्वन गरिरहेका कारण बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने शाक्यले बताए ।

गाउँपालिकाका युवा उद्यमका लागि आह्वान गरेको सुचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई गत २० गतेदेखि २७ गतेसम्म सम्म तालिम प्रदान गरिएको थियो । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम÷कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit