विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङको त्रिवेनी गाउँपालिक र फुङ्लिङ नगरपालिकामा पहिचान भएको १२८ मेगावाटको  तमोर–मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् किन्ने सम्झौता भएको हो ।

प्राधिकरणले आयोजनाको विद्युत् प्रतिमेगावाट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक सुदिपकुमार चौधरीले बताए ।

‘अहिले आयोजनाको आयोजनास्थलमा काम सुरु गर्नु पूर्वको अन्तिम चरणको काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘मंसिरदेखि आयोजनास्थलमा निर्माण सुरु हुनेछ, क्याम्प, पहुँचमार्गको काम सुरु हुनेछ ।’

आयोजना निर्माण सम्पन्न गर्न करिब २४३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ लाग्नेछ । कूल लगानीको ७५ प्रतिशत बैंक तथा वित्तिय संस्थाले लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । स्वपुँजी लगानीको लागि पनि बिमा कम्पनीहरू लगायत अन्न्य संस्थाबाट सैदान्तिक सहमति प्राप्त गरी लगानी सम्झौताको लागि विभिन्न बैंक तथा वित्तिय  संस्थाहरूसँग छलफल गरी प्रक्रिया अघि बढाइएको समेत चौधरीले बताए ।

पिपिएअनुसार आयोजनाको काम २०८५  असोज  २५  गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । तर, निर्माण सुरु भएको साढे तीन वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको चौधरीले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ६.५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको हाङ्पाङ सबस्टेसनको २२० केभीको बसबारमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १३२ के केभी प्रसारण लाइन कम्पनी आफैले बनाउनेछ । आयोजना निजी प्रवर्द्धकद्वारा निर्माण गर्न लागियको देश कै ठुलो मध्ये को एक हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३