विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पूर्वसचिव सुमनप्रसाद शर्मा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले हरेक वर्ष प्रदान गर्ने ‘ऊर्जा ज्योति सम्मान’बाट सम्मानित भएका छन् । देशको ऊर्जा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

इपानको आज (जेठ ४ गते) आयोजित २२औं वार्षिक साधारणसभाका क्रममा शर्मालाई नगद एक लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको छ । उनले करिब ९ महिना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सूचना तथा सञ्चार, अर्थ लगायत मन्त्रालयमा समेत कुशलता पूर्वक जिम्मेवारी पूरा गरेका शर्माले अहिले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा विज्ञको भूमिका निर्वाह गरिरहेका छन् । सरकारले तयार गरिरहेको नयाँ विद्युत् ऐनलाई अन्तिम रूप दिन संसदको पूर्वाधार विकास समितिले गठन गरेको विज्ञ सदस्यको रूपमा समेत उनले काम गरिहेका छन् ।

इपानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले आफ्नी छोरी स्व. श्रीनिका गुरागाईंको सम्झनामा स्थापना गरेको अक्षय कोषबाट इपानले उक्त सम्मान प्रदान गर्दै आएको छ । पहिलो सम्मान पूर्वजलस्रोत मन्त्री स्व. शैलजा आचार्यलाई प्रदान गरिएको थियो भने दोस्रो जलविद्युत् प्रवर्द्धक तथा सांसद स्व. हरि बैरागी दाहाललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३