काठमाडाैं । बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेवापत बक्याैता महसुल तिर्न सुरु गरेकाे छ । हिमाल आइरनले छुट गरिएको बिलको पहिलो किस्ताको बक्यौता महसुल बुझाएको हो ।
हिमाल आइरनले सोमबार (पुस १६ गते) २७ लाख १० हजार रुपैयाँ बक्यौता महसुल बुझाएपछि लाइन पुनःजोडिएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार रातीको करिब ९ बजे विद्युत् लाइन जोडिएको बताए ।
प्राधिकरणका अनुसार हिमाल आइरनको ८ करोड १२ लाख रुपैयाँ बक्यौता बाँकी थियाे । प्राधिकरणले उद्योगको लाइन शुक्रबार (मंसिर १३ गते) काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने छ ।