विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव २०७९/८०) का लागि विनियोजन गरिने बजेटमा ठूला र जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्ने घोषणा गरेको छ । अर्थ मन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा उक्त विषय उल्लेख गरिएको हो ।

सरकारले हरेक वर्ष जेठ १५ गतेभित्र नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । आगामी आवको बजेटमा निर्माणाधीन जलविद्युत आयोजनाहरू र प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युतको निर्वाध आपूर्तिको प्रत्याभूति गरिने समेत घोषणा गरिएको छ ।

यसैगरी, लघु, मझौला जलविद्युत र नवीकरणीय ऊर्जाको विकास गरी शतप्रतिशत नागरिकहरूलाई विद्युत सेवा उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । ऊर्जाका लागि आवश्यक पूर्वाधार, प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण गरी विद्युत खपत बढाउने विषय समेत बजेटको प्राथमिकतामा राखिने उल्लेख छ ।

उता पूर्वाधार विकासतर्फ तीव्र आर्थिक वृद्धि र समावेशी एवम् सन्तुलित आर्थिक विकासको आधारको रूपमा भौतिक पूर्वाधारको विकास गर्ने घोषणा छ । राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरूको निर्माण समयभित्र सम्पन्न गर्ने पक्ष पनि प्राथमिकतामा परेको छ । औद्योगिक क्षेत्रको तीव्र विकास गरी विद्युत खपत विस्तारलाई व्यापक बनाउने पनि सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit