काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले १७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठक निर्णयानुसार साधारण सभा हुने निर्णय गरिएको हो ।
साधारण सभामा वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ वासलात सहितको लेखा परीक्षण प्रतिवेदन छलफल गरL अनुमोदन गर्ने । साथै आ.व २०८१÷८२ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिक्षमिक तोक्ने प्रस्ताव गरिएको छ । सभा २०८१ पौष २६ गते बिहानको ११ बजे बाटरफ्रन्ट रिसोर्ट लेक साइर्ट पोखरामा हुने जानकारी गराइएको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।