विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडले ३३ केभी प्रसारण लाइन निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजनको विद्युत प्रवाह हुने ४.३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न विभागमा आवेदन दिएको हो । 

बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ मा निर्माणाधीन सुरी खोला जलविद्युत आयोजनाको स्वीच्यार्डदेखि सोही गाउँपालिकामा सञ्चालनमा रहेको सुरी खोला जलविद्युत आयोजनाको स्वीच्यार्डसम्म ४.३ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत प्राप्त हुने लगतै प्रसारण लाइन निर्माण गरिनेछ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय सुझाव पेश गर्न आग्रह गरेको छ । 

४.३ किलोमिटर लामो प्रसारण लाइनबाट ७ मेगावाटको विद्युत प्रवाह हुनेछ । उक्त प्रसारण लाइनमा १०२ वटा पोल खडा गरिनेछ । पोलको अधिकतम उचाई १३ मिटर तथा पोलहरुबीचको दुरी ३०–५० मिटर हुनेछ । यस आयोजनाको लागि २.६५०४ हेक्टर जग्गा आवश्यक पर्नेछ । 

लाइनको काम ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु, प्रदुषण आदिद्वारा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit