विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वाइट लोटस पावर लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले लमजुङमा निर्माण भइरहेको ६.८२ मेगावाटकाे हिदी खोला जलविद्युत आयोजनामा खटाउन ७ कर्मचारी माग गरेको हो ।

आयोजनास्थलमा खटाउने र विभिन्न पदपूर्ति गर्न ७ इन्जिनियर माग गरेकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ जना रेसिडेन्ट इन्जिनियर, १ जना सिभिल इन्जिनियर (हेडवर्क इन्जिनियर), १ जना मेकानिकल इन्जिनियर, २ जना इलेक्ट्रीकल इन्जिनियर र १ जना सर्वेक्षणको पदपूर्ति गर्न आवेदन  माग गरिएको हो ।

रेसिडेन्ट इन्जिनियरका लागि स्नात्तक तह उर्त्तिण गरी सोही क्षेत्रमा कम्तीमा पनि ४ देखि ६ वर्षसमम काम गरेको अनुभव हुनुपर्नेछ । सिभिल इन्जिनियर (हेडवर्क इन्जिनियर) का लागि स्नात्तक तह उर्त्तिण गरी हाइड्रो पावर क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनेपर्ने कम्पनीले जनाएको छ ।

यस्तै, सिभिल इन्जिनियर (वाटरवे इन्जिनियर) को लागि सिभिल इन्जियरिङ विषयमा स्नात्तक तह उर्त्तिण गरी कम्तीमा पनि २ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । 

यस्तै, मेकानिकल इन्जिनियरको लागि स्नात्तक तह उर्त्तिण गरी सम्बन्धित विषयका २ वर्ष काम गरेकोे अनुभव हुनु पर्ने, इलेक्ट्रीकल इन्जिनियरको लागि स्नातक तह उर्त्तिण गरी हाइड्रो पावर क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ र सर्वेक्षणका लागि इन्जिनियरिङ विषयमा डिप्लोमा पास गरी सम्बन्धीत क्षेत्रमा कार्यअनुभव भएको हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले चैत १ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिँदा बायडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit