विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ मा साढे ७६ कराेड रूपैयाँ  खुद नाफा कमाएकाे छ । कम्पनीले सार्वजानिक गरेको वित्तिय विरण अनुसार खुद नाफा बढेको देखिएको हो ।

असारसम्मको अवधिमा ७६ करोड ७८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीकाे विवरण अनुसार नाफा गत वर्षको तुलनामा बढेको देखिएको छ । गत वर्ष ६६ करोड ८१ लाख ६१ हजार रुपैयाँ खुद नाफा कामाएको थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्री गरी १ अर्व १८ करोड १७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्रीबाट गरेको आम्दानी गत वर्षको तुलनामा बढेको हो । गत वर्ष १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, खुद नाफा बढे पनि कम्पनीको अन्य स्रोतको आम्दानी भने घटेको छ । यो अवधिमा कम्पनीले अन्य स्रोतबाट ४६ लाख रुपैयाँ आम्दानी गरिएको छ भने अघिल्लो वर्ष कम्पनीले अन्य स्रोतबाट १० करोड ३४ लाख ६ सय रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०६० भदौदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit