विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २३, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
भाेटेकाेसी बाढी

काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजना तथा तिनका पूर्वाधारमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई नेपाली सेनासहितको संयुक्त टोलीले तीव्र बनाएको छ । बाढीबाट प्रभावित विभिन्न जलविद्युत् केन्द्र, विद्युत्‌गृह, कार्यालय तथा सुरुङ क्षेत्रमा खोजी कार्य जारी रहेको छ ।

नेपाली सेनाले दिएकाे जानकारी अनुसार रसुवागढी जलविद्युत् आयोजनामा  संयुक्त द्रुत उद्धार टोली तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले विद्युत्‌गृह र नियन्त्रण कक्षसम्म पुगेर खोजी गरिरहेको छ ।

संयुक्त टोलीले १२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला पारेको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । सुरुङ तथा आयोजना क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीका लागि टोली परिचालन गरिएको छ ।

त्यस्तै, चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले चारवटा ६/६ मिटर लम्बाइका ठूला पाइप प्रयोग गरी सुरुङभित्र आवतजावत गर्न सकिने बाटो तयार पारेको छ । स्याफ्रुबेंसीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म ठूला उपकरण लैजान सडकमा रहेको ठूलो ढुंगा ब्लास्टिङ गरी हटाउने काम भएको छ ।

चिलिमे आयोजनाको सुरुङमा विन्च मेसिन र बकेटको प्रयोग गरी लेदाेसहितकाे फोहर सफा गर्ने कार्य भइरहेको छ । संयुक्त टोली सुरुङभित्र करिब ११५ मिटरसम्म प्रवेश गरी खोजी कार्यमा जुटेको छ ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मुख्य प्रवेश सुरुङबाट करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ । सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा बेपत्ता भएकाहरूको खोजी गर्न टोली परिचालन गरिएको हो ।

त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनाको विद्युत्‌गृह तथा सुरुङ क्षेत्रमा पनि नेपाली सेना, सशस्त्र प्रहरी बल र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरिरहेको छ ।

त्रिशूली–३ 'बी' जलविद्युत् आयोजनामा नेपाली सेनाका १०१ जना तथा आयोजनाका प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले ३ वटा एक्साभेटर प्रयोग गरी खोजी कार्य गरिरहेको छ । टोलीले करिब २३ फिट गहिराइसम्म खनेर आयोजना कार्यालय तथा आवासगृह क्षेत्रमा खोजतलास गरे पनि हालसम्म बेपत्ता व्यक्तिहरू फेला परेका छैनन् । उक्त क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।

बाढीका कारण जलविद्युत् आयोजनाका पावरहाउस, पहुँचमार्ग, कार्यालय, आवास तथा सुरुङ संरचनामा क्षति पुगेपछि विभिन्न स्थानमा उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा खोजी कार्य गरिरहेको छ । आधुनिक उपकरण तथा प्रविधिको प्रयोगसँगै नेपाली सेना, सुरक्षा निकाय, आयोजनाका प्राविधिक तथा विदेशी विज्ञ सम्मिलित टोलीले प्रभावित संरचनामा प्रवेश गरी खोज तथा उद्धारलाई अघि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३