काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिएका इन्जिनियर किरण मल्लले आफू म न्यायिक उपचारमा लाग्ने बताएका छन् । इपानले बुधबार (जेठ ३१) आफूलाई उम्मेदवार हुन रोकेपछि उनले पत्राकार सम्मेलन गरी यस्तो अभिव्यक्ति दिएका हुन् ।
२०७६ वा २०७८ सालमा संशोधित विधानको कुनै पनि बुँदाले आफूलाई अध्यक्षको उम्मेदवारी हुनबाट नरोकेको तर जालझेल गरेर निर्देशिकाबाट रोक्न खोजिएको मल्लले बताए । ‘विधानभन्दा माथि कुनै पनि नियम वा निर्देशिका हुँदैन, यो कानुनको सर्वमान्य सिद्धान्त हो,’ उनले भने, ‘स्वच्छ प्रतिस्पर्धामा जान इपानका पदाधिकारी डराएर मलाई रोक्न खोजियो ।
विस्तृत विवरण तलकाे भिडियाेमा