विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं: कस्मिक इलेक्ट्रिकल लिमिटेड नेपालमा २२० केभी डबल सर्किट प्रसारण लाइन विकास गर्ने पहिलो कम्पनी बनेको छ । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडद्वा प्रवर्द्धित ७३ मेगावाटको सानिमा मिडल तमोर जलविद्युत आयोजनाको विद्युत् प्रवाह हुने मिडल तमोर डबल सर्किट प्रसारण लाइन सफलतापूर्वक निर्माण गरी कम्पनी एक उदाहरण बनेको हो ।

इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन अर्थात् अध्ययन, डिजाइन र निर्माण) मोडेलमा निर्मित यो आयोजना ११ महिनादेखि सञ्चालनमा रहेको कस्मिकले जानकारी दिएको छ । “यस उच्च भोल्टेज प्रसारण लाइनको सफलता नेपालको ऊर्जा क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुंगा हो, जसले विद्युत् प्रसारणलाई अझ प्रभावकारी बनाउनुका साथै ग्रिड स्थायित्वलाई मजबुत बनाएको छ,' कस्मिक का प्रबन्ध निर्देशक महेश महतोले,' भने, 'यसले नेपाललाई ऊर्जामा आत्मनिर्भरतातर्फ अगाडि बढाउने मात्र होइन, निर्यात क्षमतालाई पनि वृद्धि गर्नेछ ।

यस प्रसारण लाइनको सञ्चालन इञ्जिनियरिङ् उपलब्धिमात्र नभएर आर्थिक रूपान्तरणको आधार पनि रहेको उनले बताए । स्वच्छ ऊर्जालाई राष्ट्रिय ग्रिडमा एकीकृत गर्दा, यस आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई मजबुत बनाउनुका साथै ग्रिडको भरपर्दो क्षमता वृद्धि गर्ने उनको भनाइ छ ।

उक्त प्रसारण लाइनका कारण स्थानीयवासीमा भरपर्दो विद्युत् आपूर्ति हुनुका साथै औद्योगिक क्षेत्रलाई समेत ठूलो राहत हुने उनको भनाइ छ । यस्तै, प्रभावकारी बिजुली प्रसारण प्रणालीले भविष्यका जलविद्युत लगानीहरूलाई सहज बनाउनुका साथै आयोजना क्षेत्रका स्थानीय रोजगारी र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३