विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । हावाहुरीका कारण रुख ढलेर क्षति पुगेकाे लाइन मर्मतपछि पुन: सञ्चालनमा आएको हो ।

गत वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरीका कारण बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्जको श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेका दुई टावर क्षति भएपछि उक्त लाइन अवरुद्ध भएको थियो । हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो । क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि आइतबार (२०८३ जेठ ३१ गते) देखि उक्त १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन अवरुद्ध भएको अवधिमा कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति गरिएको थियो । प्राधिकरणका अनुसार १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिम लगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुने, भोल्टेजमा सुधार आउने तथा विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यसैगरी, कर्णाली क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आबद्ध हुने भएकाले सो क्षेत्रका साथै बाँके र बर्दियाको विद्युत् सेवा गुणस्तरमा समेत उल्लेखनीय सुधार हुने  प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३