विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
भारतको संसदीय निर्वाचन–२०२४ लक्षित भाजपाको घोषणा पत्र

काठमाडौँ । भारतलाई ऊर्जा सुरक्षाको प्रत्याभूति दिलाउन भारतीय जनता पार्टी (भाजपा) ले चालु कार्यक्रमलाई अझ बढावा दिने र कैयौँ नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ । १९ अप्रिलदेखि जुन १ सम्म चल्ने गरी सुरु हुन लागेको भारतको संसदीय निर्वाचनलाई लक्षित गर्दै भाजपाले घोषणापत्र मार्फत जनतासमक्ष यस्तो बाचा गरेको हो । पार्टीले आफ्नो घोषणा पत्रमा भारतलाई आवश्यक हरित (स्वच्छ) ऊर्जाको परिपूर्तिका लागि समेत विभिन्न प्रकारका इन्धन उत्पादनका कार्यक्रम अघि बढाइने उल्लेख गरेको छ । 

घोषणा पत्रमा भाजपाले ‘प्रधानमन्त्री उज्यालो योजना (पिएमयुवाई) लाई विस्तार गर्ने तथा ग्यास पाइपलाइनको पहुँचमा रहेका १ करोड १ लाख परिवारबाहेक अन्य धेरै परिवारलाई समेत यसको पहुँचमा ल्याउने बाचा गरेको छ ।  

ग्रामीण इलाका तथा बञ्चित परिवारलाई खाना पकाउने स्वच्छ इन्धन उपलब्ध गराउने उद्देश्यले सरकारले सन् २०१६ मा उज्यालो योजना सुरु गरेको थियो । खास गरी दाउरा, कोइला, गुइँठा जस्ता ऊर्जा स्रोतको प्रयोग गरी खाना पकाउने परिवारको भान्सामा स्वच्छ ग्यास उपलब्ध गराउने उद्देश्य यो योजनाले राखेको थियो । 

सन् २०२३ सेप्टेम्बरमा भाजपाकै सरकारले पिएमयुवाई योजनाको अवधि २०२६ सम्मका लागि बढाइदिएको थियो । त्यसताका यस योजनाअन्तर्गत थप ७५ लाख परिवारलाई खाना पकाउने स्वच्छ ग्यासको पहुँचमा ल्याई कुल १० करोड ३५ लाख परिवारको भान्सामा स्वच्छ ग्यास पुर्‍याउने लक्ष्य राखिएको थियो । आर्थिक वर्ष २०२२–२३ सम्ममा सरकारले यो योजनाअन्तर्गत ९ करोड परिवारलाई खाना पकाउने ग्यासको पहुँचमा पुर्याएको थियो । 

त्यस्तै सरकारले ‘सिटी ग्यास आपूर्ति’ कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गरिरहेको छ । यस कार्यक्रममार्फत् सन् २०३० सम्ममा ऊर्जा बास्केट (ऊर्जा मिश्रण) प्राकृतिक ग्यासको हिस्सेदारीलाई मौजुदा ६.८ प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाउने लक्ष्य राखिएको छ । 

भारतको ऊर्जा बास्केटमा नवीकरणीय ऊर्जाको हिस्सेदारी बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले विशेष ध्यान दिइरहेको छ । घोषणा पत्रमा संयुक्त राष्ट्र संघ जलवायु परिवर्तन नियन्त्रण प्रतिवद्धताका अनुसार भारतले आफ्नो ऊर्जा योजना विस्तार गर्दै यसअन्तर्गत ५०० गिगावाट नवीकरणीय ऊर्जा उत्पादनको लक्ष्य राखिएको छ । बाचापत्रमार्फत साना मोडुलर रिएक्टरहरू (एसएमआर) का सहायताले न्युक्लियर ऊर्जाको विस्तार गर्ने समेत प्रतिबद्धता भाजपाले गरेको छ । 

भाजपाले फेरि तेस्रो पटक नेरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने तयारी गरेको छ । ‘फिर एक बार, मोदी सरकार’ भन्ने नारासहित भाजपा चुनाव प्रचार प्रसारमा उत्रिएको छ । ‘मोदी की गारंटी’ शीर्षकमा आइतबार भाजपाले संकल्प पत्र जारी गरेको हो । (भारतीय समाचार संस्थाहरूको सहयोगमा) 

 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३