विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले २३ कर्मचारी माग गरेकाे छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जान तयारीमा रहेको आयोजनामा खटाउने गरी उक्त कर्मचारीको माग गरेकाे हाे ।

तह ३ देखि ११ सम्मका २३ रिक्त पदपूर्ति गर्न आवेदन खुलाएकाे एनइए इन्जिनियरिङले जनाएकाे छ । एनइए इन्जिनियरिङका अनसार तह ११ को लागि एक जना टिम लिडर माग गरिएकाे छ । कम्पनीका अनुसार टिम लिडरको लागि सिभिल इन्जिनियरिङ विषयमा स्नाकोत्तर तह उतिर्ण गरी सोही क्षेत्रमा कम्तीमा पनि १० देखि १५ वर्ष सम्म काम गरेको अनुभव हुनुपर्नेछ ।

तह नौ को लागि १ जना जियोटेक्निकल इन्जिनियर, १ जना क्वालिटी कन्ट्रोल इन्जिनियर, २ जना सिनियर इलेक्ट्रीकल इन्जिनियर र १ जना कन्ट्राक्ट म्यानेजरगरी ५ जना कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ ।  जियोटेक्निकल इन्जिनियरका लागि जियोटेक्निकल इन्जिनियरिङ विषय र सिभिल इन्जिनियरिङ विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि ७ देखि १० वर्ष सम्म काम गरेको अनुभव हुनु पर्नेछ ।

क्वालीटी कन्ट्रोल इन्जिनियरको लागी स्नाकोत्तर तह उत्तीर्ण गरी कम्तीमा पनि हाइड्रो पावर क्षेत्रमा ५ देखि १० वर्षसम्म, सिनियर इलेक्ट्रीकल इन्जिनियरको लागि सम्बन्धीत विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा ७ देखि १० वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने र कन्ट्राक्ट म्यानेजरको लागि सम्बन्धीत विषयमा स्नात्तक तह उत्तीर्ण गरी कम्तीमा ५ देखि १० वर्षसम्म काम गरेको अनुभव हुनुपर्नेछ ।

यसैगरी, तह ८ लागि २ जना कन्स्ट्रक्सन सुपरभाइजर, १ जना सिनिअर मेकानिकल इन्जिनियर र तह ६ को लागि १ जना सब इन्जिनियर–मेकानिकल , १ जना सब इन्जिनियर–इलेक्ट्रीकल र तह ५ को लागि २ जना सब इन्जिनियर–सिभिल, १ जना अटोक्याट अपरेटर, २ जना सर्वेक्षण, १ जना एडमिनिस्ट्रेसन स्टाफ र १ जना अकाउन्टेन्ट माग गरिएको छ ।

तेस्तै, तह ४ को लागि १ जना अटोक्याट अपरेटर, २ जना ल्याब टेक्नीसियन, १ जना म्यानुफ्याक्चरिङ इन्स्पेक्टर र तह ३ को लागि १ जना म्यानुफ्याक्चरिङ इन्स्पेक्टरका लागि आवेदन माग  गरिएको कम्पनीले जनाएको छ । 

इच्छुक योग्य व्यक्तिले चैत १४ गतेभित्र कम्पनीकाे कार्यालयमा आइपुग्ने गरी  आवेदन दिइ सक्नुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit