विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतले पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको नयाँ युगकाे सुरुवात गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहाल र अर्थमन्त्री रामशरण महतले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन् ।

काठमाडौं विश्वविद्यालय (केयू)मा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवर्द्धन गरी नेपालमा प्रदुषणको अन्त्य गर्ने अभियानको सुरुवात गर्ने उनले बताए ।

नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावनाको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । नेपालमा रहेको नवीकरणीय ऊर्जाको सम्भावनालाई सक्दो उपयोग गरी हाइड्रोजन उत्पादन गर्ने र यसलाई गाडी, उद्योग लगायत विभिन्न क्षेत्रमा सदुपयोग गर्ने बताए ।

पाँचखाल नगर प्रमुख महेश खरेलले हरित ऊर्जा प्रवर्द्धन गरी महिलालाई उद्यमी बनाउने उद्देश्यले पार्क निर्माण गर्न लागिएको बताए । दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा पार्क निर्माण हुन लागेको हो ।

यसको निर्माणका लागि ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पहिलो चरणमा ४० करोड रुपैयाँको ठेक्का लाग्ने जनाइएको छ । पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन् ।

मञ्चसँग पाँचखाल नगरले वडा नम्बर ७ मा करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको थियो । मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार पार्कभित्र ५० वटा लघु, मझौला र साना उद्योग स्थापना हुनेछन् । स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिएर उद्योगमा प्रयोग गरिने रिजालले बताइन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit