विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । विद्युत् आपूर्तिमा अनियमितता र महँगो आयातित इन्धनमा निर्भर रहनुपर्दा बागमती प्रदेशका उद्योगले आफ्नो कुल जडित क्षमताको ४१.०८ प्रतिशत मात्र उपयोग गरिरहेका छन् । नेपाल राष्ट्र बैंक (एनआरबी) ले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०२५/२६ को बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रदेशका उद्योगले पटकपटक विद्युत् अवरोध र भोल्टेजमा उतारचढावको समस्या भोगिरहेका छन् । गुणस्तरीय विद्युत् आपूर्ति नहुँदा उद्योगले महँगा वैकल्पिक ऊर्जा स्रोत प्रयोग गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन अवधिमा उद्योगको क्षमता उपयोग ३.५९ प्रतिशत विन्दुले बढेको छ । अघिल्लो अवधिमा ३७.४९ प्रतिशत रहेको क्षमता उपयोग बढेर ४१.०८ प्रतिशत पुगेको हो । सुधार देखिए पनि प्रदेशका उद्योगले अझै आफ्नो जडित क्षमताको आधाभन्दा कम उपयोग गरिरहेका छन् ।

अध्ययनमा समेटिएका उद्योगमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ। यस्तै, अन्य रसायन समूहअन्तर्गत पर्ने मलम उद्योगको क्षमता उपयोग सबैभन्दा कम देखिएको छ ।

अध्ययनमा समेटिएका उद्योगमा कुल ८ हजार २३२ जनाले रोजगारी पाएका छन् । तीमध्ये ८ हजार १२४ जना नेपाली र १०८ जना विदेशी श्रमिक छन् ।

क्षमता उपयोग न्यून हुनुका पछाडि आयातित कच्चा पदार्थ र इन्धनमा निर्भरता, उच्च उत्पादन लागत, दक्ष जनशक्तिको अभाव, बजार खुम्चिनु र आधुनिक प्रविधिको सीमित प्रयोगलगायतका कारण रहेको प्रतिवेदनले औँल्याएको छ । प्राकृतिक विपत्तिले क्षति पुर्‍याएका सडक पुनर्निर्माणमा भएको ढिलाइले पनि कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तुको वितरणमा अवरोध सिर्जना गरेको छ ।

यसैबीच, आर्थिक वर्ष २०२५/२६ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरिएको छ । यो राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो ।

चालु मूल्यमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँको ३६.७१ प्रतिशत हो । सातवटै प्रदेशमध्ये बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३