विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २९, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित कोषबाट आफ्ना सेयरधनीहरूलाई कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार (भदौ २८ गते) बसेको सञ्चालक समितिको २८७औँ बैठकले बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांशसहित उक्त लाभांश प्रस्ताव गरेको हो । 

कम्पनी सञ्चालक समितिको निर्णय अनुसार हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरण गरिनेछ । साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश गरी कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा लाभांश प्रदान गर्ने निर्णय भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी २९औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ ।  कम्पनीले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी २०८३ असोज २७ गते  आह्वान गरेको छ । 

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र सहायक कम्पनीहरूले निर्माण गर्ने आयोजनाहरूका लागि कर्पोरेट ग्यारेन्टी दिने विषयहरू छलफलका लागि तय गरिएका छन् । 

त्यस्तै विशेष प्रस्तावका रूपमा बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत पेस गरिँदै छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीको शेयर रजिस्ट्रारको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३