विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएका ७ हजार मेगावाट बढीका  विद्युत आयोजना निर्माणको विभिन्न चरणमा पुगेका छन् । अध्ययन पूरा भएका जलविद्युत र सौर्य तथा चिनी उद्योगबाट विद्युत उत्पादन गर्न अनुमतिपत्र लिएका ७ हजार १ सय २८ मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा पुगेका हुन् ।

जलविद्युततर्फ २ सय ३८ आयोजनालाई उत्पादन अनुमतिपत्र दिइएको विभागले जनाएको छ । विभागका अनुसार यी आयोजनाबाट ७ हजार ५ मेगावाट विद्युत उत्पादन हुनेछ ।

यस्तै, सौर्य ऊर्जाबाट १ सय १७ मेगावाट विद्युत उत्पादन गर्न १९ कम्पनीलाई अनुमतिपत्र दिइएको छ । चिनीको खोस्टा (बगास) बाट विद्युत उत्पादन गर्न २ कम्पनीको नाममा अनुमतिपत्र जारी गरिएको छ । यी कम्पनीले ६ मेगावाट विद्युत उत्पादन गर्नेछन् ।

जलविद्युततर्फ १ मेगावाटभन्दा साना २४ आयोजनाले १८.६३ मेगावाट विद्युत उत्पादन गर्न अनुमति पाएका छन् । १ मेगावाटदेखि ९९ मेगावाटसम्मका १ सय ९९ आयाजनाले अनुमतिपत्र पाएको विभागले जनाएको छ । यी आयोजनाबाट ४ हजार ३८ मेगावाट विद्युत उत्पादन हुनेछ ।

यस्तै, सय मेगावाट भन्दा ठुलो १५ आयोजनाले उत्पादन अनुमति पाएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ । यी आयोजनाबाट २ हजार ९ सय ४८ मेगावाट विद्युत उत्पादन हुनेछ ।

यस्तै, १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, १ सय ४० मेगावाटको तनहुँ, २ सय १६ मेगावाटको अपर त्रिशुली–१ निर्माणको विभिन्न चरणमा छन् । १ सय ६० मेगावाटको लुम्चे खोला, १ सय २० मेगावाटको रसुवा भोटेकोसी, २ सय ८५ मेगावाटको माथिल्लो तमोर आयोजना विभागबाट अनुमतिपत्र लिई उत्पादन अनुमति लिई अघि बढाएका छन् ।

४ सय ४० मेगावाटको तिला–१, ४ सय २० मेगावाटको तिला–२, १ सय ४० मेगावाटको लोअर मनाङ मर्स्याङ्दी, २ सय ८२ मेगावाटको मनाङ मर्स्याङ्दी, १ सय ३८ मेगावाटको अप्पर मर्स्याङदी–१, १ सय ६४ मेगावाटको कालीगडकी गर्ज, १ सय २ मेगावाटको अप्पर त्रिशुली–२, १ सय २८ मेगावाटको तमोर मेवाले उत्पादन अनुमति पाएका छन् ।

यस्तै, सौर्य ऊर्जाबाट  विद्युत उत्पादन गर्न १९ आयोजनाले उत्पादन अनुमति पाएका छन् । यी आयोजनाबाट ११७.९७ मेगावाट विद्युत उत्पादन हुनेछ । चिनी उद्योगबाट विद्युत उत्पादन गर्न रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज र इन्दु शंकर चिनी उद्योगले अनुमतिपत्र पाएको विभागले जनाएको छ । यी कम्पनीले ३/३ मेगावाट विद्युत उत्पादन गर्न अनुमतिपत्र लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit