विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ह्याप्पी इनर्जी प्रालिले संखुवासभामा निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौत (पिपिए) मा हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच आज (असार २५ गते)  सम्झौता भएको हो ।

 नदी प्रवाही (रन अफ रिभर) प्रकारको आयोजनाबाट वार्षिक २३५.४० गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले छ । आयोजनाको मुख्य सुरुङ ३६५० मिटर र डायमिटर ३.५ मिटर हुनेछ । आयाेजनामा जर्मनीकाे प्रतिष्ठित कम्पनीमा निर्मित २ वटा पेल्टन टर्बाइन (२०-२० मेगावाट) जडान गरिने कम्पनीले जनाएकाे छ । अायाेजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत विद्युतगृहदेखि १९ किलोमिटर दूरीमा रहेकाे शीतलपाटी सबस्टेसनमा जोडिनेछ ।

कम्पनीका अध्यक्ष इन्द्र विष्टका अनुसार आयोजनाको ग्रस हेड ५१६ मिटर र नेट हेट ५०४.३८ मिटर हुनेछ । संखुवासभाको सिलिचाेङ गाउँपालिकामा निर्माण हुने आयोजनाबाट २०८५ जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit