विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १७, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं ।  पिपुल्स पावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको सय रुपैयाँ अंकित ६३ लाख २६ हजार कित्ता शेयर सूचीकृत भएको हो । 

कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत अर्थात ६ लाख ३२ हजार ६ सय कित्ता,  सर्वसाधारण, लगानीकर्ता, शेयरधनी, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई समेत ३९ प्रतिशत अर्थात २४ लाख ६७ हजार ४ कित्ता  र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५१ प्रतिशत अर्थात ३२ लाख २६ हजार  शेयर समेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । 

कम्पनीले रजिष्टर सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्टरको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ । शेयर रजिष्टरको रुपमा क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३