विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । सँधै बदलिरहने घरेलु मनोरञ्जनको  दुनियामा एलजीले विश्व टिभी बजारमा अविश्वसनीय योगदान गरी निरपेक्ष लिडर बनेको छ । ओएलइडी टीभीले ११ वर्षसम्म अविरल बजारको लिडर बनेर नवीनता र उत्कृष्टतामा प्रतिबद्ध रही आफुलाई अरुभन्दा अलग प्रमाणित गरेको हाे ।

बजार अनुसन्धान कम्पनी ओएमडीआइएका अनुसार एलजीले गत वर्ष विश्व ओएलइडी बजारमा ३ मिलियन ओएलइडी टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ । शिपमेन्टका आधारमा विश्व ओएलइडी टीभी बजारमा ५३ प्रतिशतको प्रभावशाली सेयर हासिल गरी एलजीले आफ्नो प्रमुख स्थानलाई कडा मेहनतद्वारा निर्विवादित रूपमा धारण गरेको छ।

प्रीमियम अल्ट्रा-लार्ज टेलिभिजनको माग बढ्दै गइरहेकाेले एलजीले आफ्ना ओएलइडी टेलिभिजनलाई व्यापक रेञ्जका वायरलेस ओएलइडी टेलिभिजन मोडेलहरूमा विस्तार गरेकाे छ । एलजीको नवीनतम ओएलइडी टेलिभिजनहरूले webOS Smart टेलिभिजन प्लेटफर्मसहित व्यक्तिगत गृह-मनोरंजन अनुभव प्रदान गर्नेछ।

ग्लोबल टीभी बजारको शिपमेन्ट पछील्लो वर्ष २०१ मिलियनभन्दा बढी थियो, जुन अघिल्लाे वर्षको तुलनामा  कम हो । एलसीडी टीभीको शिपमेन्ट पछील्लो दुई वर्ष लगातार २०० मिलियन युनिट भन्दा कम रहेको थियो, जबकि ओएलइडी टीभीको शिपमेन्ट एलजी सहित ५.६ मिलियन पुगेको छ।

एलजीले नेपालमा पनि बिगत ३५ बर्ष देखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्त उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३