विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १० हजार मेगावाटका आयोजनामा १५० अर्ब रुपैयाँ लगानी गर्ने लिएकाे छ ।

नेपालको जलविद्युत क्षेत्रको विकासका लागि आवश्यक पर्ने दीर्घकालीन प्रकृतिको पुँजी परिचालन गर्ने तथा वित्तीय स्रोतलाई आर्थिक तथा प्राविधिक रूपले सम्भाव्य जलविद्युत आयोजनामा सेयर वा ऋणका रूपमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको कम्पनीले दीर्घकालीन लक्ष्य लिएको हो ।

यसैगरी, कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत सेयर पुँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्नेगरी दीर्घकालीन लगानी संरचना संलग्नता हुने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको पुँजी कोषमा न्यूनतम ३ गुणा लचकता कायम गर्ने गरी सेयर पुँजीवापत ४० अर्ब रुपैयाँ र अन्य वित्तीय उपकरणको माध्यमबात १२० अर्ब रुपैयाँ स्रोत परिचालन गर्ने लक्ष्य राखेको छ । जसमा ९० प्रतिशत रकम जलविद्युत आयोजनामा लगानी हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले सेयरधनीहरूलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने जनाएको छ ।

कम्पनीले हालसम्म १८ वटा जलविद्युत आयोजनामा २१ अर्ब २ करोड रुपैयाँ ऋण तथा १२ जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनाहरूमा करिब ५ अर्ब ३४ करोड सेयर लगानी सहित ३० वटा आयोजनामा २६ अर्ब ३६ करोड रुपैयाँ लगानी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३