विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं। एनएमबी बैंक लिमिटेडको १५.८ प्रतिशत बोनस सेयर र नगद लाभांस पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न २६ औ वार्षिक साधारणसभाले १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा सम्पन्न साधारणसभाले बोनस सेयर र नगद लाभांस पारित गरेको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश पारित गरिएको छ ।

बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्व ३६ करोड रुपैयाँ पुग्नेछ । २०७८ असारसम्ममा २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा, निक्षेप १६६ अर्ब रुपैयाँ र कर्जा १५८ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनले ‘बैंक अफ द इयर २०२१’ बाट यस बैंकलाई सम्मान गरेका छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरि सकेकको छ ।  बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।    

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३