विद्युत अपडेट

  • प्राधिकरण : ८७२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२२२ मे.वा.घन्टा
  • आयात : १९५६ मे.वा.घन्टा
  • निर्यात : ६९५० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५२२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८३ ब‌ैशाख ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिका सदस्यहरूमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी रहेका छन् । नवनियुक्त समितिले आयोगको अध्यक्षसहित ४ जना सदस्यका लागि १५ दिनको म्याद राखेर सार्वजनिक सूचना आह्वान गर्ने तयारी गरेको छ । यसअघिका अध्यक्ष डा. रामप्रसाद धितालसहितका पदाधिकारीहरू सरकारले जारी गरेको नयाँ अध्यादेशका कारण स्वतः पदमुक्त भएपछि आयोगमा नेतृत्व खाली भएको थियो ।

विद्युत् नियमन आयोग ऐनको व्यवस्था अनुसार समितिले आवेदन परेका उम्मेदवारको मूल्यांकन गरी दरखास्त दिने अन्तिम मिति सकिएको २१ दिनभित्र उपयुक्त पात्रहरूको नाम मन्त्रालयलाई सिफारिस गर्नुपर्ने छ । संयोजक चटौतका अनुसार समितिले ऐनमा उल्लेखित समयसीमा र प्रक्रियाभित्रै रहेर पारदर्शी ढंगले पदाधिकारी चयनको कार्य सम्पन्न गर्ने छ । आयोगमा नेतृत्व खाली हुँदा विद्युत् क्षेत्रका विभिन्न नियमनकारी कार्यमा असर पर्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३