विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
एनआरएनएको ११ औँ विश्व सम्मेलन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसकेकाे बताएका छन् ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले यस्ताे बताएका हुन् । 

अहिले निजी क्षेत्रबाट करिब १ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको उनले बताए । सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेकाे बताउँदै उनले माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुन लागेकाे बताए । दुधकोसीमा एसियाली विकास बैंकले लगानी गर्ने र ऋण सहुलियत दरमा माग गरिएकाे उनले बताए । 

आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्ने उनले बताए । 

'यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं,' उनले भने, 'अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ । हामी बुढिगण्डकी जलाशययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौँ ।’

गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने उनले बताए । 

मन्त्री डा. महतले भने, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् । युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ, मन्त्री डा. महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने सुक्ष्म दृष्टिकोण चाहिन्छ ।’

उनले लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा रहेकाे बताए ।  

'बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ,' उनले भने, 'बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ ।’

जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने उनले बताए । 

मन्त्री डा. महतले भने, ‘अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरू फर्किँदा सानो पुँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरूले यही सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं । अनुदार र करको सुरक्षा सरकारले गर्छ । यसबाट उत्पादन बढाउने सरकारको योजना छ ।’

नेपालमा धेरै नकरात्मक भावना फैलिएको भन्दै अब सकारात्मक भावना फैलाउन उनले आग्रह गरे ।

'नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्’ मन्त्री डा. महतले भने, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौँ । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौँ । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’

२०४६ सालपछि नेपालकाे कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ६० गुणाले वृद्धि भएको, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको छ, औषत आयु ५४ वर्षबाट ७२ वर्ष पुगेकाे मन्त्री महतले जानकारी दिए । राजश्व अनुपात कुल हस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युतको पहुच ९७ प्रतिशतभन्दा बढी छ । गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बालमृत्यु दर २७ मा झरेको छ । २५४ बाट मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको मन्त्री डा. महतले जानकारी दिँदै भन्नुभयो, ‘यसका बाजुद हामीले यो उपलब्धी हासिल गर्यौं भनेर सन्तुष्ट हुने ठाउँ छैन, अपेक्षा अत्यन्त ज्यादै छ ।’

अहिले सामाजिक सञ्जालकाे जमाना भएकाे भन्दै उनले भने, 'संसार मोबाइल फोनमा भेटिन्छ, नेपालीहरु यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्ट फोन प्रयोग गर्नेमा अग्रपंक्तिमै छौं’ मन्त्री डा. महतले भन्नुभयो, हिजो के थियो, के कारणले गर्न सकेनौं भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् । अरु देश त्यहाँ पुगिसक्यो, तिमीहरुले किन पुर्याएनौँ ?’

व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले राेकिनु नहुने बताए ।  

'पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन,' उनले भने, 'यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौं नेपालीहरुले आफ्ना आकाक्षा पूर्ति गर्न मुलुक बाहिर गएका हुन्, मन्त्री डा. महतले भन्नुभयो, ‘तर के सधैं बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरु फर्किनु हुन्छ । कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सुक्ष्म दृष्टिले हेर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit