काठमाडौं । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघले नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ । माघ २८ गते (शनिबार) सम्पन्न साधारण सभाले २१ सदस्य कार्यसमिति चयन गरेको हो ।
रेशम प्रसाद देवकोटाको अध्यक्षतामा प्रेम बहादुर जि.सि. (प्रथम उपाध्यक्ष), कोमल पोखरेल (द्धितिय उपाध्यक्ष), लेखनाथ सापकोटा (तृतिय उपाध्यक्ष), गोपाल अग्रवाल (महासचिव) र प्रकाश चन्द्र पाण्डे (कोषाध्यक्ष) काे रूपमा चयन भएका छन्। यस्तै, विनोद लुईटेल (सचिव), महेन्द्र कुमार श्रेष्ठ (सह–कोषध्यक्ष) र शंकर प्रसाद पोखरेल लगायत अन्य १२ जना सदस्यतामा चयन भएका छन् ।
विद्युतीय महासंघ देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकास तथा विद्युत क्षेत्रसंग प्रत्यक्ष रुपमा संलग्न भई यस क्षेत्रसंग पेशागत व्यवसायीहरुको समग्र विकास प्रति समर्पित रहेको संस्था हो ।