विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सरकारले आगामी असारदेखि नेपालमा उत्पादित ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी असारदेखि नेपालमा उत्पादन भएको ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने तयारीमा जुटेको बताएका छन्।

‘असारदेखि कात्तिकसम्म उत्पादित बिजुली निर्यात गर्न लागिएको हो,’ मन्त्री पुनले भने। बर्खाको समयमा नेपालमा उत्पादित बिजुली धेरै हुने भएकाले भारतीय बजारको खोजी गरिएको मन्त्री पुनले बताए। नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले बर्खाका बेला पूर्ण क्षमतामा बिजुली उत्पादन हुने गर्छ।  

मन्त्री पुनले भारतीय पिटिसिएन कम्पनीमार्फत बिजुलीमार्फत निर्यात गर्न लागेको बताए। ‘आगामी असारदेखि २४सै घन्टा चार महिना बिजुली निर्यात गर्नेछौं,’ उनले भने, ‘नेपालमा उत्पादन भएको बिजुली भारतको पञ्जाब क्षेत्रमा निर्यात गरिनेछ।’ भारतीय पक्ष बिजुली खरिद गर्न इच्छुक देखिए पनि मूल्य भने अहिलेसम्म टुंगो नलगाएको उनले बताए। ‘भारतीय पक्षले रेट पठाएपछि आवश्यक टुंगो लगाउनेछौं,’ उनले भने।  

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएसँगै नेपालमा उत्पादन भएको बिजुली नियमित रूपमा भारत निर्यात गर्न सकिने मन्त्री पुनको भनाइ छ। आगामी वैशाखभित्रै आयोजनाको एक युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘असारसम्ममा पूर्ण रूपमा उत्पादन हुनेछ।’  

मन्त्री पुनले नेपालमा उत्पादित बिजुली कुनै पनि हालतमा खेर नजाने दाबी गरेका छन्। ‘नेपालमा उत्पादन भएको बिजुलीले बजार नपाउने सम्भावना नै छैन,’ उनले भने, ‘नियमित बिजुली उपलब्ध गराउन सके छिमेकी भारत र बंगलादेशले सहजै खरिद गर्नेछन्।’ यी दुवै मुलुकमा बिजुली निर्यात गर्न पहलकदमी भइरहेको छ।

नेपाल विद्युत प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएसँगै नेपालमा उत्पादित बिजुली बचत हुने जनाएको छ। कोभिडले रोकिएका झण्डै एक हजार मेगावाट क्षमताका आयोजनाको बिजुली चालु आवभित्रै राष्ट्रिय ग्रिडमा जोडिने प्रक्षेपण गरिएको छ। प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा खपत भएको कुल सात अर्ब ७४ करोड युनिटमध्ये छिमेकी मुलुक भारतबाट एक अर्ब ७२ करोड युनिट आयात गरेर माग पूरा गरेको हो।

नागरिक दैनिक

हिमाल लम्साल

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३