काठमाडौं । अप्पर हेवाखोला हाइड्रो पावर कम्पनीको साधारण सभा पुस २१ गते हुने भएको छ । सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले कम्पनीको विशेष सभाको मिती तय गरेको हो ।
कम्पनीका अनुसार उक्त सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सन, हिसाब नगद प्रबाह लागायत विषयमा छलफल गरिनेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखा परिक्षक नियुक्त गरी पारिश्रिक समेत निर्धारण गर्ने जनाइएको छ ।
कम्पनीले आयोजना गरेको साधारण सभा पुस २५ गते दिउँसो ११ बजे अनामनगरको युनियन हाउसमा हुनेछ । कम्पनीको संखसवासभमा ८.५ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत आयोजना सञ्चालनमा छ ।