विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एचइडी इनर्जी प्रालिले दोलखामा ८८ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउने भएको छ । गौरीशङ्कर गाउँपालिका–९ र विगु गाउँपालिका–१ भएर बग्ने रोल्वालिङ खोलाको पानी सदुपयोग गर्ने गरी कम्पनीले उक्त आयोजनाको निर्माण अघि बढाउन लागेको हो । यसका लागि कम्पनीले विद्युत् अनुमति उत्पादन अनुमतिको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।

प्रवर्द्धक कम्पनीका अनुसार रोल्वालिङ नदी प्रवाहमा आधारित उक्त आयाेजनाका लागि खोलाको पानी फर्काउन ६ मिटर अग्लो र २५ मिटर लामो ‘कन्भेन्सनल कङ्क्रिट ओभरफ्लो’ प्रकारको डाइभर्सन वेयर (बाँध) निर्माण गरिने छ । विद्युत्‌गृहमा पानी लैजान ४ हजार ८५८ मिटर लामो र ३ मिटर ब्यास भएको मुख्य सुरुङ निर्माण गरिने छ । पेनस्टक पाइपको लम्बाई २ हजार ५३५ मिर र ब्यास १.८ मिटर रहने छ । आयोजनाको डिजाइन बहाव ११.०७ घनमिटर र कुल हेड ९६१ मिटर रहने छ । खोलाको बायाँ किनारमा ७३ मिटर लामो, १६ मिटर चौडा र ३१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृहमा जडान गरिने २९.३५ मेगावाटका ३ वटा युनिटबाट विद्युत् उत्पादन गरिने छ । विद्युत् उत्पादनपछि ३ मिटर चौडाइ र ३ मिटर गहिराइ भएको ३३० मिटर लामो टेरसेरमार्फत पानीलाई खोलामा फर्काइने छ ।

आयोजनाबाट वार्षिक सरदर ४८२.१७ गिगावाट घण्टा विद्युत् उत्पादन गरिने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ४३ किलोमिटर लामो २२० केभीको प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको बाह्रबिसे सबस्टेसनमा जोडिने छ ।

आयोजनाबाट २०८३ साल भदौभित्र विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ । आयोजना निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने देखिए आफ्नो लिखित राय–सुझाव ३५ दिनभित्र पेस गर्न विद्युत् विकास विभागले बुधबार (२०८२ कात्तिक २६ गते) सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३