विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दैलेख जिल्लामा ४.८ मेगावाटको पदम खोला स्मल जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि पहिलो चरणको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नगरिकहरूका लागि सेयर निष्कासन गर्न लागेको हो ।

जारी पूँजीेको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६ सय रकम बराबरको ५ लाख ३६ हजार ५ सय ८६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेकाे कम्पनीले जनाएकाे छ । निष्कासन हुने सेयरमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गाविसमा स्थायी बसोवास गर्ने स्थानीय बासिन्दाकाहरूको लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले र कालिका गाविस बाहेक) का स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८ सय रकम बराबरको सय रुपैयाँ अंकित १ लाख ७ हजार २ सय ९८ कित्ता सेयर निष्कासन गर्न लोगिएको हो । कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक राजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले भने फागुन ८ गते देखि फागुन २५ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको उक्त आयोजनाबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit